दफा ४३
मूल ऐनको दफा ८६ मा संशोधनः
मूल ऐनको दफा ८६ को,–
(१)उपदफा (२) मा रहेको “महिला शेयरधनी रहेको”भन्ने शब्दहरु झिकिएकाछन्।
(२) उपदफा (३) मा रहेको “कम्पनीको नियमावलीमा तोकिएको योग्यता भएको र सम्बन्धित कम्पनीको व्यवसायसँग सम्बन्धित विषयमा ज्ञान तथा अनुभव हासिल गरेको”भन्ने शब्दहरुको सट्टा “दफा ८९ को उपदफा (२) बमोजिम अयोग्य नरहेकोव्यक्ति बाहेककोअन्य” भन्ने शब्दहरु राखिएका छन्।(३)उपदफा (४) मा रहेका “संचालकहरुले” भन्ने शब्दहरुको सट्टा “नियमावलीमा अन्यथा व्यवस्था भएकोमाबाहेकसंचालकहरुले”भन्ने शब्दहरु राखिएका छन्